+
+
Shares

एनआईसी एशिया बैंकको सीईओमा न्यौपाने पुनः नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १८:५३

१६ कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशनकुमार न्यौपाने पुनः नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैंठकले न्यौपानेलाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

न्यौपानेलाई बैंकको सञ्चालक समितिले आगामी १५ मंसिरदेखि लागु हुनेगरी सीईओ पदमा निरन्तरता दिने निर्णय भएको बैंकले जनाएको छ । उनको कार्यकाल थप ४ वर्षको हुनेछ ।

सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा प्रवेश गरेका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए । सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि न्यौपाने १६ मंसिर २०७५ मा सीईओमा नियुक्त भएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?