+
+

‘पाँच वर्षको विकास हेरेर मलाई दोहोर्‍याउनुस्’

नवराज सिलवाल, ललितपुर–१, एमाले उम्मेदवार नवराज सिलवाल, ललितपुर–१, एमाले उम्मेदवार
२०७९ कात्तिक १६ गते १९:११

तपाईंले सांसद भएर पछिल्लो पाँच वर्षमा के गर्नुभयो, जसका कारण दोहोरिन चाहनुहुन्छ ?

मैले पाँच वर्ष जनप्रतिनिधि भएर काम गर्दा पूर्वाधारको क्षेत्रमा जग बनाउने काम गरें । यस बीचमा भूकम्पले भत्केका संरचना पुनर्निर्माणदेखि स्वास्थ्य संरचना निर्माण भए । प्यूटारमा अस्पताल बनेको छ । जिल्ला अस्पताललाई चापागाउँ सारेका छौं ।

३५ वटा खानेपानी निर्माण भएका छन्, कभर्ड हल, रंगशाला बनेको छ । मुलुककै ठूलो सनराइज सभा हल गोदावरीमा निर्माण भएको छ । दक्षिण ललितपुरको घुम्ती चक्रपथ बनाउने अवधारणामा काम भइरहेको छ ।

कृषिको व्यवसायीकरणको प्रयास भएको छ । ठूलादुर्लुङमा व्यावसायिक कफी उत्पादनको काम भइरहेको छ । हरेक युवा र महिलालाई रोजगारीमा जोड्ने प्रयास छ । हरेक पालिकामा उद्योग ग्राम बनाउने तयारी छ । घरेलु उद्योग र पर्यटकीय सम्भावना भएको क्षेत्रमा होमस्टेको तयारी छ ।

विदेश पठाउने प्रकृतिको नभई यही मुलुकमा अझै आफ्नो ठाउँमा रोजगारीको अवसर दिने हाम्रो उद्देश्य हो । कृषि संस्था स्थापना गरी तिनलाई सक्रिय बनाई उत्पादन र बजारको बीचमा रहने बिचौलियालाई रोक्न यसले मद्दत गर्नेछ । अब हाम्रो उद्देश्य आर्थिक क्रान्ति गर्ने र घर–घरमा रोजगारी सिर्जना गर्नेछ । सडकलाई पनि उद्यमशीलतासँग जोड्नेछौं ।

स्थानीय बाहेक तपाईंका अरू एजेण्डा छैनन् ?

लेले–चन्दनपुर एउटा रणनीतिक सडक हो । हामीले दशौं वर्षदेखि बनाउने भनेर पनि नसकेको पूर्वाधार अब बनाउँछौं । यसलाई केन्द्रीय योजनाको रूपमा अघि सारेर ठूलादुर्लुङ हुँदै मकवानपुरको फापरवारी अनि धरान–चतरा सडकमा जोड्ने उद्देश्य छ । यसले त्यो भेगका स्थानीय समाजको जीवनस्तर उठाउन मद्दत गर्नेछ ।

विज्ञहरूले समेत दिएको सुझाव अनुसार, भट्टेडाँडामा आन्तरिक विमानस्थल बनाउनुपर्छ भन्ने सोच छ । अन्यत्र होइन, काठमाडौंबाट एक घण्टामा पुगिने भट्टेडाँडालाई आन्तरिक विमानस्थलको रूपमा विकास गर्नुपर्छ ।

माल्टामा पहाडमा रहेका ढुंगाहरूबाट सिमेन्ट उद्योग स्थापनाका लागि पहल गर्नुपर्छ । गोदावरीबाट काभ्रेको मानेचौर जोड्ने सुरुङमार्गको पनि अध्ययन भइरहेको छ । दक्षिण ललितपुरमा रहेका र नगरकोट भन्दा पनि सुन्दर पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्ने अर्को योजना छ ।

दल्चोकीलाई पर्यटकीय भेन्युको रूपमा स्थापना गर्ने योजना छ । फुल्चोकी क्षेत्र राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भइसकेको छ, जैविक विविधताको यो ठाउँको संरक्षण हुनुपर्छ, उपत्यकाको सबैभन्दा पुरानोमध्येको शहर चापागाउँको संरक्षण गरी पर्यटकीय क्षेत्र बनाउने योजना छ । त्यसमा थप पूर्वाधार समेत निर्माण गरी पर्या–पर्यटनको प्रवद्र्धन गर्ने अर्को योजना समेत छ ।

यसका लागि प्रतिनिधिसभामा पुग्नै पर्छ र ?

प्रतिनिधिसभा मुलुकको कानुन निर्माण गर्ने थलो भएकाले सुशासन कायम गर्ने, सरकारलाई जिम्मेवार बनाउने, सामाजिक न्यायका लागि थप पहल गर्ने काम म गर्छु । प्रणालीलाई थप सुदृढ गर्न म संसदमा क्रियाशील हुनेछु । त्यसका साथसाथै मबाट स्थानीय सरोकार, राष्ट्रिय सरोकार र अन्तर्राष्ट्रिय सरोकारलाई सम्बोधन हुनेछ ।

मैले पाँच वर्षका दौरान आफू ललितपुरको सांसद भनेर देशभर चिनाएको छु । मेरो अझै भूमिका मुलुक र जनताको पक्षमा रहनेछ । मभन्दा अगाडि मन्त्री र सांसद भएकाले यहाँको मुद्दा सम्बोधन गर्न सकेनन् ।

‘म संविधान बनाउन गएको हुँ’ भनेर स्थानीय सवालको ज्यादा उपेक्षा भयो । मैले प्रतिस्पर्धी अरू उम्मेदवारहरूलाई ‘जनताको सवालमा तपाईं हामी मिलेर काम गरौं । तपाईं मलाई सहयोग गर्नुहोस्, म तपाईंहरूको एजेण्डा सम्बोधन गर्नेछु’ भनेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?