
१७ कात्तिक, काठमाडौं । बंगलादेशमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ ।
नेपाल र भुटानबीचको खेल ढाकाको बीएसएसएसएमके स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
तीन टिम मात्र सम्मिलित च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेर नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा छ । भुटान भने पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग ८-० को फरकिलो अन्तरले पराजित भएको थियो ।
प्रतियोगितामा तीन टिमले डबल राउण्ड रोविन लिगका आधारमा खेल्नेछन् र अन्तिममा धेरै अंक जोड्ने टिम च्याम्पियन बन्नेछ ।
नेपालले दोस्रो खेल घरेलु टोली बंगलादेशसँग नोभेम्बर ५ मा खेल्नेछ । यस्तै भुटानसँग नोभेम्बर ९ र बंगलादेशसँग नोभेम्बर ११ मा पुन: खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4