+
+

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : प्रमुख दलप्रतिको वितृष्णा इतिहासकै धेरै

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १५:४२

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले प्रमुख राजनीतिक दलप्रतिको वितृष्णा इतिहासमै सबैभन्दा धेरै रहेको दावी गरेको छ । बिहीबार सार्वजनिक पार्टीको घोषणापत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई एउटै समूहमा राखेको छ ।

फरक फरक सिद्धान्त र वाद पछ्याउने भनिए पनि व्यवहारतः यी कुनै पनि दल अर्को भन्दा फरक नदेखिएको भन्दै स्वतन्त्र पार्टीले यी दललाई एउटै समूहमा राखेको छ ।

व्यवहारतः पार्टीभित्र वा सत्ता सञ्चालन लोकतान्त्रिक नभएको, पार्टी सत्तामा सीमित शीर्ष नेताको नियन्त्रण रहेको, राजनीतिक पदहरुमा नियुक्ति र टिकट वितरण लोकतान्त्रिक नभएको उसले बताएको छ ।

पार्टीभित्रको लोकतन्त्रमा कुठाराघात हुँदा यी पार्टीभित्रका अब्बल र जान्नेहरु सधैं अवसरबाट वञ्चित भएको भन्दै यही कारण मुलुक स्वार्थ र भ्रष्टचारको जालोमा फसेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

‘यति भएर पनि उचित विकल्पको अभावमा लामो समयसम्म यीनै दलहरु नै रोजाईमा पार्ने मतदाताको संख्या ठूलो तियो, तर विगतका कर्तुत तथा स्थानीय निर्वाचनमा देखिएको परिणामले गर्दा यी दलहरुप्रतिको मतदाताहरुको वितृष्णा इतिहासमै सबैभन्दा धेरै छ’, घोषणापत्रमा भनिएको छ । ।

तर अहिलेसम्मको राजनीतिक उपलब्धी यीनै दल तथा यी दलहरुमा रहेका नेतृत्वको सहभागिता, अगुवाई र संघर्षबाट प्राप्त भएको भन्दै राष्ट्रिय स्पतत्र पार्टीले धन्यवाद पनि दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले मधेशी जनाधिकार फोरमले मधेश मुद्दालाई उचाइमा पु¥याएको तर विस्तारै सत्ता स्वार्थले मधेश केन्द्रित पार्टी टुटफुट हुँदै गएको उल्लेख गरेको छ । ‘मिल्न र फुट्न यिनीहरुलाई केही गाह्रो लाग्दैन, सत्तास्वार्थका लागि जो सँग पनि मिल्ने यिनीहरुको प्रवृत्तिकै कारण तराईको वास्तविक समस्या राष्ट्रिय राजनीतिको मूलधारमा आउनै सकेन’ घोषणापत्रमा भनिएको छ ।

राप्रपालाई भने विचार एकातिर तालमेल अर्कोतिर गर्ने पार्टीको रुपमा टिप्पणी गरेको छ । प्रदेश खारेजीको माग राखेर प्रदेशमै उम्मेदवार उठाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राप्रपाको आलोचना गरेको छ । ‘राष्ट्रिय राजनीतिमा अस्तित्व जोगाउनकै लागि अर्को पार्टीसँग अस्वभाविक तालमेल गर्नुले यो पार्टीमा पनि अवसरवादी र सम्झौतापरस्त चिन्तन हावी भएको देखिन्छ’, घोषणापत्रमा भनिएको छ ।

गैरदलीय स्वतन्त्र उम्मेदवार भने पहिचानको समस्या भएको उसले बताएको छ । ‘दलहरुका बागी तथा स्वतन्त्रका रुपमा उठाइने डमी उम्मेदवारले पनि स्वतन्त्रको पहिचानमा समस्या पारेको देखिन्छ । यसबाहेक संसदीय राजनीतिमा एक्लो व्यक्ति गएर नीति निर्माण तहमा कुनै हस्तक्षेप गर्न सक्ने अवस्था रहँदैन’ राष्टिय स्वतन्त्र पार्टीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?