+
+

कोल्ड स्टोरमा ग्यास लिक हुँदा कामदारको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १८:४०

१७ कात्तिक, विराटनगर । विराटनगरमा एक कोल्ड स्टोरमा ग्यास लिक हुँदा कामदारको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका– ४ खारजीमा रहेको रामजानकी कोल्ड स्टोरमा एमोनिया ग्यास लिक हुँदा निसास्सिएर विराटनगर ५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको हो ।

बिहीबार दिउँसो ग्यास लिक भएपछि मर्मत गर्न भित्र पसेका उनको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।

कोल्ड स्टोरभित्र ग्यास लिक भएपछि बनाउन गएका उनी भित्रै बेहोस भएपछि प्रहरीलाई खबर पुगेको थियो ।

बेहोस अवस्थामा उद्दार गरिएका चौधरीलाई उपचारका लागि विराटनगर अस्पताल भर्ना गरिएको थियो । भर्ना गरेलगतै चिकित्सकले मृत घोषित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?