+
+

नागरिक उन्मुक्ति पार्टीको घोषणापत्र : प्रदेशको नामकरणमा असहमति (पूर्ण पाठसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते २०:१२

१७ कात्तिक, काठमाडौं । रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पाटीले बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

पहचिानसहितको संघीयता स्थापना हुनुपर्छ भन्ने आन्दोलनबाट आफू जन्मिएको दाबी गरेको उन्मुक्ति पार्टीले ‘भौगोलिक, सांस्कृतिक पहिचानसहितको संघीयता’ आफ्नो राजनीतिक उद्देश्य रहेको उल्लेख गरेको छ ।

हालको प्रदेशको नामकरणमा उसले असन्तुष्टि समेत व्यक्त गरेको छ । ‘केही प्रदेशको भूगोलमा पनि हाम्रो गम्भीर आपत्ति छ,’ घोषणा पत्रमा भनिएको छ, ‘राज्यको भूगोल नेताले होइन, जनताले व्यवस्थापन गर्नुपर्छ । देशको केही जिल्ला नेताको स्वार्थमा थपिएको छ र, अझ केही जिल्ला जनव्यवस्थापनका लागि थपिनुपर्दछ ।’

नामकरणमा असहमति छ भनेको नागरिक उन्मुक्ति पार्टीले त्यसको स्पष्ट खाका दिन सकेको छैन । यद्यपि उसले संघीयता खारेज गर्ने कुरा उठिरहेको भन्दै पछाडि नफर्कन चेतावनी पनि दिएको छ ।

‘संघीयताले देश टुक्रिन्छ भनेर गलत पाठ्यक्रम पढाउनेले संघीयताको विषय नै किन उठाए होलान् ?’ घोषणा पत्रमा भनिएको छ, ‘मुलुक संघीय लोकतन्त्रमा प्रवेश गरिसकेको छ । अब यसबाट बाहिर निकाल्नु भनेकै मुलुक पछाडि फर्किनु हो । लोकतान्त्रिक मुलुकमा जनता जागेपछिको परिणाम परिवर्तनीय हुन्छ । मुलुकलाई पछाडि फर्काउन खोजे जनताले नेतृत्व नै परिवर्तन गरिदेलान् भन्ने हेक्का पनि नेताले राख्नुपर्छ ।’

राज्यको शासकीय स्वरूपमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र राज्य धर्मनिरपेक्ष हुनुपर्नेमा नागरिक उन्मुक्ति पार्टीको जोड छ । ‘राज्य धर्मनिरपेक्ष हुनुपर्छ । सबै नेपालीको पौराणिक धार्मिक सभ्यताको संरक्षण र सम्वद्र्धनमा राज्यको सरोबरी भूमिका हुनुपर्छ,’ घोषण पत्रमा भनिएको छ ।

नागरिक उन्मुक्ति पार्टीले जे गर्ने छैन…

घोषणा पत्रमा आफ्ना जनप्रतिनिधिले जमिनको खण्डीकरण, सार्वजनिक सम्पत्तिको दोहन, ठेक्कापट्टाबाट लाभ र धार्मिक क्षेत्रमा लगानी नगर्ने उल्लेख छ ।

त्यस्तै घुस नखाने, भ्रष्टाचार नगर्ने र अनुचित कार्य नगर्ने प्रतिवद्धता समेत जनाएको छ।

महंगा विदेशी मदिरा, सुर्तिजन्य पदार्थ, पोसाक लगायतको आयतमै प्रतिबन्ध लगाउने नीति लिने उक्त पार्टीको घोषणापत्रमा उल्लेख गरिएको छ । ‘देशमा एउटै शिक्षा अध्यापन गराउनुपर्ने नीति ल्याउनुपर्दछ,’ भनिएको छ, ‘शिक्षालाई सस्तो र महँगो बनाउने वातावरण बन्द गरिनुपर्दछ ।’

पाँच कामको ग्यारेन्टी

घोषणापत्रमा पाँच काम गरिछाड्ने भन्दै उल्लेख समेत गरिएको छ ।

जसमा शुद्व पिउने पानी, एक पालिका एक वृद्धाश्रम, जेष्ठ नागरिकको मासिक एकपटक स्वास्थ्य जाँच, गरिब, सुकुम्बासी, मजदुरका बालबालिकालाई शतप्रतिशत शिक्षा निशुल्क र स्वरोजगारको तालिममा ग्यारेन्टी दिएको छ ।

हेर्नुहोस् घोषणापत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?