+
+

नवलपरासीपूर्वका ६ वटा पालिकामा आज सार्वजनिक विदा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १०:२५

१८ कात्तिक, नवलपरासी पूर्व । नवलपरासी पूर्व (नवलपुर)का छ वटा पालिकाले हरिबोधिनी एकादशीको अवसरमा आज सार्वजनिक विदा दिएका छन् ।

गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिकाले आज सार्वजनिक विदा दिएका हुन् ।

कार्यपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक विदा हुने पालिकाहरुले जारी गरेको सूचनामा उल्लेख छ ।

हरिबोधिनी एकादशीको अवसरमा जिल्लाको हुप्सेकोट गाउँपालिकाले विष्णुधाममा विशेष धार्मिक कार्यक्रम आयोजना गरेको छ । धार्मिक स्थलको रुपमा विकास गरिएको विष्णुधाममा तुलसी विवाहका साथै तोरण तर्ने कार्यहरु गरिने जनाइएको छ ।

जिल्लाकै पिठौली, केउरेनी, शिख्रौली, गुन्द्रही, बालीघाट, त्रिवेणी लगायतका  तीर्थस्थलहरूमा हरिबोधिनी एकादशी को अवसरमा विशेष मेला लाग्ने गर्दछ ।

नारायणी नदी तटीय क्षेत्रमा लाग्ने मेलाहरुमा सांस्कृतिक कार्यक्रम सहित स्थानीय खानाका परिकार, नवलपुरको पहाडी क्षेत्रको सुन्तला, विभिन्न व्यवसायिक स्टल समेत रहने गरेका छन् ।

नारायणी नदीमा ठूलो एकादशीका दिन स्नान र पूजाअर्चना गर्न विभिन्न जिल्लाबाट भक्तजनहरू आउने गर्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?