+
+

परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १०:५९

१८ कात्तिक, काठमाडौं । काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मृत्यु भएको छ ।

बिहीबार साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेकी ३२ वर्षीया आस्थालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा बेलुकी पौने ७ बजे मृत्यु भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा चालक घट्टेकुलो बस्ने तनहुँको दमौलीका २४ वर्षीय मिलन राना घाइते छन् । उनको उपचार महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?