+
+

‘म एक्लो देखिएँ हुँला, तर निरन्तर प्रश्न उठाइराख्ने छु’ (भिडियाे अन्तर्वार्ता)

‘तत्काललाई म एक्लै देखिएको हुँला, तर गलत कार्य र प्रवृत्तिविरुद्ध निरन्तर प्रश्न उठाइराख्ने छु । नागरिकलाई आफ्ना प्रश्नहरु उठाइदिने र त्यसको जवाफ खोज्ने प्रतिनिधि चाहिन्छ । मैले पहिलेदेखि नै लड्न चाहेको क्षेत्रमा आएर चुनाव लड्दै छु ।’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते २२:३६

१९ कात्तिक, रुपन्देही । काठमाडाैं र अन्यत्रको पहिचान अलग्गै होला, तर चुनावी घरदैलो र संयुक्त कार्यक्रमहरूमा घनश्याम भूसाललाई वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भनी चिनाइन्छ । एमालेमा अध्यक्ष केपी ओलीसँग लामो अन्तरसंघर्षबीच भूसालले आसन्न चुनावका लागि टिकट पाएनन् । त्यसपछि उनले अपमानकाे लामो शृंखलामा बिराम लगाएको घोषणा गर्दै पार्टी त्यागे ।

हाल उनको चुनाव चिह्न कायम भएको छ त्रिभुज । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमाेर्चाले खडा गरेका उम्मेदवार भूसाललाई स्थानीय स्तरमा जनमुक्ति पार्टीले पनि साथ दिने घोषणा गरेको छ । एमाले उम्मेदवार छविलाल विश्वकर्मासँग रुपन्देही-१ बाट प्रतिष्पर्धा गरिररहेका भूसाललाई हामीले तिलाेत्तमाका विभिन्न ठाउँमा पछ्यायाै‌ं । त्यसपछि भएको यो अन्तर्वार्तामा उनले आफ्नाे चुनावी माहोल तथा आगामी यात्राको बारेमा खुलेर बोले ।

उनले भने, ‘तत्काललाई म एक्लै देखिएको हुँला, तर गलत कार्य र प्रवृत्तिविरुद्ध निरन्तर प्रश्न उठाइराख्ने छु । नागरिकलाई आफ्ना प्रश्नहरु उठाइदिने र त्यसको जवाफ खोज्ने प्रतिनिधि चाहिन्छ । मैले पहिलेदेखि नै लड्न चाहेको क्षेत्रमा आएर चुनाव लड्दै छु ।’

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?