+
+

विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिंकको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १६:५२

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुने भएको छ । पुल्चोक क्याम्पस -ईन्जिनियरिङ अध्ययन संस्थानको इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ विभागका छाता संगठन, लोकसद्वारा स्नातक विद्यार्थीहरूको नेतृत्वमा देशका सातै प्रदेशका ५० विद्यालयमा यस्तो कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ ।

२० कात्तिकदेखि २६ कात्तिकसम्म सञ्चालन हुने यो सचेतना कार्यक्रममा ८-१० कक्षामा अध्ययनरत १२-१७ वर्ष उमेर समूहका विद्यार्थी लक्षित हुने कम्पनीले जनाएको छ ।

यस सचेतना अभियानका क्रममा बालबालिकालाई इन्टरनेटको सुरक्षित प्रयोग, साइबर बुलिङ, फिसिङ, अनलाइनमा सुरक्षित रहने तरिका, लगायतका विषयमा ज्ञान दिइनेछ। साथै आवश्यक स्रोत साधनको सरलीकरण र व्यवस्था गरी यस अभियानमा सम्बन्धित क्षेत्रमा रहेका वर्ल्डलिंकको शाखाले सहजीकरण गरेका छन् ।

देशको प्रमुख इन्टरनेट सेवाप्रदायकको हैसियतले बालबालिकाको अनलाइन सुरक्षालाई प्राथमिकतामा राखिएको वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताए ।

वर्ल्डलिंक इन्टरनेट एकेडेमी’ अन्तर्गत यस सचेतना अभियानलाई प्रायोजन गरिएको र आगामी दिनमा डिजिटल साक्षरताका कुराहरुसँगै इन्टरनेटका महत्वपूर्ण विषयवस्तुहरु पनि समावेश गरिने उनले बताए ।

यस कार्यक्रमका लागि चाइल्ड सेफ नेट नामक संस्थाले आवश्यक सचेतनामूलक सामग्री तयार पार्न सहयोग गरेको उनले बताए । हरेक विद्यालयमा दुई घण्टाको सचेतना कार्यक्रम सञ्चालन हुने लोकसका इभेन्ट म्यानेजर विपीन खनालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?