+
+

१२ कक्षा पास गर्नेलाई सके रोजगार नसके बेरोजगार भत्ता दिने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १८:५७

२० कात्तिक, काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार केशव रावलले १२ कक्षा पास गर्ने प्रत्येकलाई सके रोजगार दिने नसके बेरोजगार भत्ता दिलाउने घोषणा गरेका छन् ।

रुकुम(पूर्व) प्रदेशसभा तर्फको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका रावलले आइतबार ‘सपना तथा प्रतिबद्धता’ सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘१२ कक्षा पास गरेका हरेक युवा युवतीलाई अनिवार्य रोजगारीको प्रबन्ध गरिनेछ । रोजगारी प्रबन्ध नहुदा सम्म राज्य द्वारा बेरोजगार भत्ताको उपलब्धता गराउन पहल गरिनेछ’ उनको घोषणा छ ।

व्यापार–व्यवसाय गर्न इच्छुकलाई परामर्श सेवा जिल्ला स्तरमा उपलब्ध गराउने र सुरुवाती पूजीँ अभाव हुन नदिन विना धितो स्वरोजगार ऋण प्रदान गर्ने व्यवस्था गर्न पनि उनको प्रतिबद्धता छ ।

बेरोजगारलाई सीपमुलक तालिम दिने, परम्परागत सीपलाई आधुनिकिकरण, व्यवसायिकरण र बजारीकरण गर्ने, सिल्पी समुदायको सीप क्षमतालाई स्तरकरणी गर्दै आरन, सुनचाँदी पसल, सिलाइ बुनाइ, हस्तकला, गार्मेन्टहरुको विकास गर्ने लगायतका प्रतिबद्धता रावलको छ ।

स्वास्थ्यतर्फ प्रत्येक वडामा न्युनतम आधारभुत सेवा सुबिधा उपलब्ध गराउने, स्वास्थ्य बीमा अनिवार्य गर्ने, हरेक नागरिकको वर्षमा एक पटक निशुल्क र अनिवार्य स्वास्थ्य परिक्षण गर्ने, सबै प्रकारका खोप निःशुल्क उपलब्ध गराइने रावलको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

आधारभूत शिक्षालाई अनिवार्य गर्ने, किसानहरुलाई नगदेवालीमा प्रोत्साहन गर्ने, वास्तविक किसानलाई विशेष अनुदानको व्यवस्था गर्ने, किसानहरुले उत्पादन गरेका सवैखाले उत्पादित वस्तुहरु संकलन गर्न कम्पनी लिमिटेड बनाइ उचित मुल्यमा गाउमै खरिद गर्ने व्यवस्था गर्ने घोषणा छ ।

स्वच्छ खानेपानी सहितको ‘एक घर–एक धारा’ अनिवार्य व्यवस्था गर्ने लगायतका प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?