+
+

‘लाखे’लाई लिएर अर्पण थापाको टिप्पणी : फिल्म चलाउन कन्ट्रोभर्सी जरुरी छैन 

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १२:४८
अभिनेता अर्पण थापा । फाइल तस्वीर

काठमाडौं । अर्पण थापा विवादमा आउने कलाकार होइनन् । ‘लो-प्रोफाइल’मा बसेर काम गर्छन् । मिडिया र इभेन्टबाट टाढा बस्न रुचाउँछन् । पछिल्लो समय कन्ट्रोभर्सी गरेर फिल्म चलाउने प्रवृत्तिप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

कन्ट्रोभर्सीभन्दा पनि ट्रेलर र यसको टिम हेरेर दर्शक फिल्म हेर्न जानुपर्ने उनको सुझाव छ ।

‘फिल्म चलाउन फण्डा आवश्यक थिएन । आवश्यक हामी आफैंले बनाएको हो,’ अर्पण भन्छन्, ‘कुनै कारणले कन्ट्रोभर्सी भइदियो भने त्यो कन्टोभर्सीलाई अलिकति हाइलाइटमा आइदियो भने भोलिको दिनका अरुले पनि यसो गर्दा दर्शकले छिटो टिप्छन् भन्ने कुरा सिकें । जुन सही होइन ।’

कन्ट्रोभर्सी गरेर फिल्म चलाउने प्रवृत्ति गलत भएको भन्दै उनले दर्शकलाई सचेत भएर हलमा जान आग्रह गरे । ‘दर्शक ट्रेलर, निर्देशक र कथावस्तु बुझेर मात्र हलमा जानुपर्ने हो,’ उनले भने ।

अहिले हलमा चलिरहेको अर्पण अभिनित ‘लाखे’ बक्स अफिसमा निकै कमजोर देखिएको छ । अर्का अभिनेता रोहित रुम्बाले त निर्माताबीचको मनमुटावले गर्दा राम्रो फिल्मको हत्या भएको टिप्पणी गरिसकेका छन् ।

लाखे बक्स अफिसमा कमजोर भइरहँदा अर्पणको अभिव्यक्तिको सन्देश अर्थपूर्ण देखिन्छ । किनभने हेरेकाजतिले लाखेलाई सकारात्मक प्रतिक्रिया पनि दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?