+
+

कर्णालीलाई हराउँदै घर फर्क्यो सुदूरपश्चिम

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १५:४०

२१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताबाट बाहिरिसकेको सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ ।

कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमले प्रधानमन्त्री क्रिकेटमा आफ्नो यात्रा सकेको छ ।

मुलपानी क्रिकेट मैदानमा जितका लागि पाएको १३१ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले २९.४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका लागि ओपनर ब्याटर गजेन्द्र बोहोरा र टेक रावलले पहिलो विकेटका लागि ५४ रनको बलियो साझेदारी गरे । रावल १८ रन बनाउँदै रविन्द्र शाहीबाट बोल्ड भए । गजेन्द ४१ रनमा विकेट किपर विपिन रावलबाट क्याच भए ।

जारी प्रतियोगितामा सम्हालिएर ब्याटिङ गरेका शेर मल्ल ३४ रनमा नट आउट रहे । कप्तान राजु रिजाल २४ रनमा नट आउट रहे ।

यसअघि विरेन्द्र नाथ र दिपक टमटा समान ९÷९ रनमा तथा बसन्त खत्री ६ रनमा आउट भएका थिए ।

कर्णालीका लागि रविन्द्र शाहीले सर्वाधिक ३ विकेट लिए । स्पिनर दिवान पुनले २ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले अर्जुनको आक्रमक ब्याटिङमा १५१ रन बनाएको थियो । अर्जुनले ९६ बल खेल्दै ७० रन बनाए । उनले ४ चौका र ५ छक्का प्रहार गरे । सुवास ऐयरले २४ तथा हिमांशु शाहीले १२ रन बनाए ।

सुदूरका नारायण जोशीले सर्वाधिक चार विकेट लिए । हेमन्त धामीले ३ तथा गजेन्द्र बोहोराले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?