+
+

शाहरुख खानको फिल्म ‘जवान’लाई चोरीको आरोप, तमिल फिल्मबाट कपी गरिएको भन्दै उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १७:५८

काठमाडौं । घोषणा भएको दिनदेखि शाहरुख खान स्टारर फिल्म ‘जवान’ले ठूलै हाइप पाइरहेको छ । विशेषगरी शाहरुख र दक्षिण भारतीय ब्लकबस्टर फिल्म निर्माता एट्लीको सहकार्यले फिल्म चर्चामा छ ।

फिल्ममा दक्षिण भारतकी सुपरस्टार नयनतारा शाहरुखको अपोजिटमा हुनेछिन् भने विजय सेतुपाथी पनि मुख्य भूमिकामा देखिनेछन् । तर पछिल्लो समय यो फिल्म ‘साहित्यिक चोरी’ले चर्चामा छ ।

साउथका फिल्म निर्माता मणिकम नारायणले सन् २००६ मा बनेको फिल्म ‘पररासु’को कथामा आधारित रहेको आरोप लगाउँदै तमिल फिल्म निर्माता संघमा ‘जवान’विरुद्ध उजुरी दिएका छन् ।

टाइम्स अफ इण्डियाका अनुसार गत साता निर्माता नारायणले तमिल फिल्मको निर्माता संघमा उक्त उजुरी दिएका हुन् । उनले कथाको अधिकार आफूमा रहेको दाबी गरे पनि निर्माता संघले यसबारे अनुसन्धान गर्ने र नोभेम्बर ७ पछि मात्र यसबारे निष्कर्ष निकाल्ने उल्लेख गरेको छ ।

सन् २००६ मा रिलिज भएको ‘पररासु’ एक्सन-क्राइम कथावस्तुमा आधारित छ । फिल्ममा विजयकान्त दोहोरो चरित्रमा छन् भने एक न्यायाधीशको रहस्यमय बेपत्ता प्रकरणको छानबिन गर्ने एक मिसन वरपर फिल्म घुम्छ ।

तर ‘जवान’का निर्माताले फिल्मबारे केही खुलाएका छैनन् । जवानलाई ठूलै स्केलमा निर्माण गर्ने योजना छ । फिल्मलाई मुम्बई, पुणे, हैदराबाद र चेन्नईमा छायांकन गर्ने तयारी छ । नयनतारा र विजय सेतुपाथी बाहेक पनि फिल्ममा साउथ र बलिउडका अन्य कलाकार पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?