+
+

कक्षा १२ को पूरक परीक्षाको नतिजा मंसिर दोस्रो हप्ता हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २२ गते १८:३४

२२ कात्तिक, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा मंसिर दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने जनाएको छ । कार्यलयले गत असोज ३० र ३१ गते सञ्चालन गरेको थियो ।

नतिजा सार्वजनिक गर्न मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनले केही ढिलाई हुने भएको कक्षा १२ परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले बताए ।

उनले भने ‘चुनाव नभएको भए हामी कात्तिक भित्र नतिजा सार्वजनिक गर्न सक्थ्यौं । चुनावले गर्दा मंसिर दोस्रो हप्तासम्म हुन्छ ।’ कर्मचारी तथा शिक्षकहरु चुनावमा व्यस्त भएकोले काम सुस्त भईरहेको उनले जानकारी दिए ।

भदौ १७ गते प्रकाशित भएको नतिजा अनुसार १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका मध्ये ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जनाले परीक्षा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?