+
+

ह्वाट्सएपमा समस्या, लाखौँ प्रयोगकर्ताका मोबाइल नम्बर इन्टरनेटमा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १४:२८

काठमाडौं । ह्वाट्सएप निकै लोकप्रिय र तुलनात्मक रुपमा सुरक्षित मानिएको मेसेजिङ एप हो । तर यसमा पनि विभिन्न खाले सुरक्षा त्रुटि तथा बग पाइन्छन् । बग भनेको कुनैपनि सफ्टवेयरको डिजाइन, विकास तथा सञ्चालनमा देखा पर्ने त्रुटि तथा कमजोरी हो जसले प्रयोगकर्ताको डाटा सुरक्षा तथा गोपनियतामा समेत गम्भीर जोखिम पैदा गर्दछ ।

पछिल्लोपटक ह्वाट्सएपमा समेत यस्तै ठूलो त्रुटि फेला परेको छ जसका कारण लाखौँ प्रयोगकर्ताका मोबाइल नम्बर इन्टरनेटमा सार्वजनिक भएका छन् । ह्वाट्सएपमा पत्ता लागेको उक्त बगका कारण प्रयोगकर्ताका मोबाइल नम्बरहरु इन्टरनेटमा असरल्ल बनेको र त्यस्ता नम्बरका बारेमा जो कोहीेले थाहा पाउन सक्ने भएको छ ।

एकजना भारतीय इथिकल ह्याकरले ह्वाट्सएपको उक्त बग पत्ता लगाएका हुन् । आफुले यस विषयमा ह्वाट्सएपलाई इमेल गरेर जानकारी गराएको तर कम्पनीले यसलाई सुरक्षा त्रुटि नमानेको उनको भनाई छ ।

लाखौँ ह्वाट्सएप प्रयोगकर्ताको व्यक्तिगत जानकारी मध्येको एक मोबाइल नम्बर इन्टरनेटमा सार्वजनिक हुँदा त्यसको फाइदा ह्याकर तथा साइबर अपराधीलाई पुग्न सक्दछ । समाचार अनुसार ह्वाट्सएप क्रिएट कल लिंक फिचरको प्रयोग गर्ने ह्वाट्सएप प्रयोगकर्ताको मोबाइल नम्बर इन्टरनेटमा प्राप्त गर्न सकिन्छ ।

क्रिएट कल लिंक फिचरको सहयोगले प्रयोगकर्ताले अन्य ह्वाट्सएप प्रयोगकर्तालाई कल लिंक पठाएर भ्वाइस वा भिडियो कलमा बोलाउन सक्दछन् । उक्त बगका कारण ह्वाट्सएप च्याट शेयर गरिएको लिंकवाला मोबाइल नम्बर पनि गुगलमा सजिलै भेटाउन सकिने भएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?