
२३ कात्तिक, काठमाडौं । चार वर्षअघि उरुग्वेमा निर्मित आधारलाई टेकेर फिफाले विश्वकप दोस्रो संस्करणको आयोजना अधिकार युरोपेली देशलाई दिने निर्णय गर्यो । इटलीलाई आयोजकका रुपमा चुनिए पनि छनोट प्रतियोगितामार्फत उसले सहभागिता निश्चित गरेको हो । छनोट खेल्ने इटली एकमात्र आयोजक राष्ट्र हो ।
१९३४ विश्वकपका लागि इटलीसहित ३२ देशले छनोट प्रतियोगितामा भाग लिएका थिए । तीमध्ये १६ टिम विश्वकपको मुख्य प्रतिस्पर्धाका लागि छानिए ।
फिफा विश्वकपको इतिहासमा पहिलो र एकमात्र उदाहरण यस्तो बन्यो कि साविक विजेता टिमले प्रतियोगिता बहिस्कार गर्यो । चार वर्षअघि आफ्नो देशमा प्रतियोगिता आयोजना हुँदा प्रमुख युरोपेली देशको अनुपस्थितिको रिस उसले दोस्रो विश्वकपमा देखायो ।
अर्जेन्टिना र ब्राजिलमात्र विश्वकपको प्रमुख स्पर्धाका लागि छनोट भएका थिए । तर, उनीहरु पहिलो चरणबाट माथि जान सकेनन् । क्वाटरफाइनलदेखि नै सबै युरोपेली देशको बर्चश्व रह्यो ।
इटलीका ८ शहरका रंगशालामा विश्वकपका खेल सन्चालन गरिएको थियो । रोममा फाइनल खेलाइएको थियो । घरेलु टोली इटली र चेकोस्लाभियाबीच फाइनलमा चर्को प्रतिस्पर्धा भयो । खेल अतिरिक्त समयमा पुगेको थियो । इटलीलाई पुनरागमन जितसहित पहिलो विश्वकपको उपाधि दिलाउने क्रममा खेलमा पाँच मिनेटको समय बाँकी हुँदा स्टार फरवार्ड एन्जेलो शियावियोले गोल गरे ।
पहिलो विश्वकपको लोकप्रियतापछि फिफाले दोस्रो संस्करणलाई थप व्यवस्थित गर्न तीव्र गतिमा काम गरेको थियो । त्यसैले युरोपका ठूला देशहरुलाई पनि समावेश गर्न सफल रह्यो ।
छनोट प्रक्रियाको संरचना, फरक फरक शहरमा खेल सन्चालन र तेस्रो स्थानको प्लेअफलगायत फिफाका केहि कामहरु त्यसपछिका विश्वकपमा पनि जारी रहे ।
पहिलोपल्ट प्रतियोगितामा सहभागी १६ मध्ये १२ देशमा रेडियोमार्फत विश्वकपको प्रत्यक्ष प्रशारण गरिएको थियो ।
चार वर्षअघि अर्जेन्टिनाको टिमबाट उपविजेता बनेका लुइस मोन्टीले इटलीको टिमबाट विश्वकप उपाधि जिते । उनी विश्वकप फाइनलमा दुई देशबाट प्रतिनिधित्व गर्ने एकमात्र फुटबलर हुन् ।
यो विश्वकप इटलीमा बेलिनो मुसोलिनी र उनको फासिबादी पार्टीको शासनकालका दौरान आयोजना गरिएको थियो । सो पार्टीका नेताका विरुद्ध भ्रष्टाचार र विश्वकप आयोजनाका लागि आफ्नो शक्तिको दुरुपयोग गरेको आरोपसमेत लागेको थियो ।
क्वाटरफाइनलमा इटली र स्पेनबीचको खेलमा मैदानमै झडप भएको थियो । धेरै विवादका कारण खेल स्थगित गरी पुनः खेलाउनुपरेको थियो ।
तथ्यांकमा दोस्रो विश्वकप
आयोजकः इटली
टिमः १६
फम्र्याटः नकआउट, क्वाटरफाइनल, सेमिफाइनल, फाइनल
खेलः १७
गोलः ७०
विजेताः इटली
उपविजेताः चेकोस्लोभाकिया
गोल्डेन बुटः ओल्डरिच नाजेड्ली (चेकोस्लोभाकिया)
अल जजिराबाट अनुदित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4