
२४ कात्तिक, काठमाडाैं । सन् १९३८ को विश्वकप स्पेनी गृहयुद्ध, नाजी जर्मनीद्वारा अस्ट्रियामाथि विलय, मुसोलिनी नेतृत्वमा इटलीको विद्रोही कार्य र उरुग्वेको जारी बहिष्कारको छायाँमा आयोजित भएको थियो ।
जब दुई वर्षअघि नै फ्रान्स विश्वकप बयोजकको रुपमा छनोट गरिएको थियो दक्षिण अमेरिकी महारथी उरुग्वे र अर्जेन्टिनाले बहिष्कार गर्ने घाेषणा गरेको थियो ।
पहिलो विश्वकपको फाइनलिस्टको विश्वास थियो कि विश्वकप आयोजना अधिकार युरोप र दक्षिण अमेरिकालाई पालैपालो दिनुपर्ने थियो ।
यस विवादका बाबजुत दक्षिण अमेरिकाबाट ब्राजिल र क्युबा महादेशको प्रतिनधित्व सुनिश्चितता गर्याे ।
यसैबीच, अष्ट्रिया प्रतियोगिताको महिना दिन अघि खारेज गरियो र जर्मनीमा गाभियो ।
यसले जर्मन टोलीभित्र कथित दरार ल्यायो र जर्मनीको खेलहरूमा केही दर्शकबीचको समस्या निम्त्यायो ।
इटलीयन टोलीले किकअफ अघि फासीबादी सलामी दिएर विवाद निम्त्यायो । उनीहरुले अवे जर्सीको रुपमा फासिस्ट पार्टीको रंगसँग मिल्दोजुल्दो कालो शर्ट लगाएका थिए ।
इटलीले सफलतापूर्वक आफ्नो उपाधि रक्षा गर्ने पहिलो टोली बनेर प्रतियोगितामा आफ्नो अधिकार जमायो ।
इटलीका भिटोरियो पोज्जोले अज्जुरी (इटलीको उपनाम) लाई लगातार दोस्रो पटक विश्वकप जिताएर महान प्रशिक्षकमा आफ्नो नाम लेखाए । यस्तै पोज्जोले इटलीलाई सन् १९३६ को ओलम्पिक स्वर्ण पदक पनि जिताएका थिए ।
विश्वकपमा पहिलो पटक एसियाको प्रतिनिधित्व भयो । एसियाबाट डच इस्ट इन्डिया (हाल इन्डोनेसिया)ले पहिलो पटक विश्वकपमा छनोट भएको थियो भने अन्य एसियन राष्ट्रले नाम फिर्ता लिए ।
यस विश्वकपमा ४.६६ को औषतमा गोल भए । १० शहरमा विश्वकपका खेलहरु आयोजना गरिएका थिए । ६ खेल अतिरिक्त समयमा पुगेको थियो । यस बेलासम्म पेनाल्टी सुटआउटको सुरुवात भइसकेको थिएन ।
युरोपभरि राजनीतिक अस्थिरताका साथै दक्षिण अमेरिका र युरोप महादेशबीचको यात्रा असहजताले विश्वकप प्रभावित भएको थियो ।
यसले गर्दा धेरै ठूला फुटबल राष्ट्रहरू प्रतियोगितामा सहभागि हुनबाट बन्चित भए ।
तेस्रो फिफा विश्वकप, दोस्रो विश्वयुद्ध अघिको युगमा अन्तिम विश्वकप बन्यो । विश्वले अर्का विश्वकप प्रतियोगिताको लागि १२ वर्ष कुर्नुपरेको थियो ।
तथ्यांकमा तेस्रो विश्वकप
आयोजकः फ्रान्स
टिमः १६
फम्र्याटः नकआउट, सेमिफाइनल, फाइनल
खेलः १८
गोलः ८४
विजेताः इटली
उपविजेताः हंगेरी
गोल्डेन बुटः लियोनिडास (ब्राजिल)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4