+
+

गणेशमान सिंहको १०८औं जन्मजयन्ती मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते ७:४६

२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०८ औं जन्मजयन्ती नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।

काठमाडौं क्षेत्र नं. १ को नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिको आयोजनामा आज बिहान काठमाडौं-१० स्थित सुवर्ण पार्क जोगीकुटीमा माल्यार्पण कार्यक्रम गरिएको छ ।

कार्यक्रममा गणेशमान पुत्र एवम् नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाशमान सिंह लगायतका नेताहरुको सहभागिता थियो ।

गणेशमान सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेस स्थापनासमेत गरेका थिए । उनी नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन् । राणा शासनको अन्त्य र प्रजातन्त्र बहालीका लागि सिंहको योगदानलाई अतुलनीय मानिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?