+
+

डोटी भूकम्पपछि ३०० परकम्प

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते ११:०९

२४ कात्तिक, काठमाडौं । डोटी भूकम्पपछि त्यस आसपास क्षेत्रमा लगातार परकम्प गइरहेका छन् ।

आज बिहीबार बिहान ८ बजेसम्म ३०० परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पछिल्लो पटक आज बिहान ५ बजेर १३ मिनेट जाँदा बाजुरामा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको परकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

यसअघि डोटीमा बुधबार बिहान सवा २ बजेतिर मानवीय क्षति हुने गरी ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले घर भत्किंदा ६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?