+
+
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट :

मधेशलाई हराउँदै एपीएफ तेस्रो पटक फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १४:०६

२४ कात्तिक, काठमाडौं । मधेस प्रदेशलाई ७ विकेटको फराकिलो अन्तराले हराउँदै एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

तेश्रो पटक फाइनलमा पुग्ने क्रममा एपीएफले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मधेसलाई ७ विकेटले हराएको हो ।

सेमिफाइनलमा मधेससँगको खेल जित्न पाएको १२३ रनको लक्ष्य एपीएफले २१.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टाएको हो ।

एपीएफका लागि ओपनर ब्याटर आसिफ शेख र प्रदिप सिंह ऐरीले पहिलो विकेटका लागि ६० रनको साझेदारी प्रस्तुत गरेका हुन् । एपीएफका लागि तेस्रो क्रमका ब्याटर लोकेश बमले ३५ रनको अविजित पारी खेले । उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरेका हुन् ।

आसिफ शेख ३२ बल खेल्दै ५ चौकाको मद्धतमा २५ रन बनाउँदै १० औं ओभरको अन्तिम बलमा राजेश यादवको हातबाट बोल्ड आउट भए । एपीएफका लागि दोस्रो विकेट ओपनर ब्याटर प्रदिप सिंह ऐरीले ३८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रनमा रुपेश सिंहबाट बोल्ड भए ।

चौथो क्रमका ब्याटर सुमित महर्जन १९ बलमा २ चौैका प्रहार गर्दै १३ रनमा क्याच आउट भए । पाँचौ क्रमका ब्याटर सन्दीप जोरा ५ बलमा ६ रन बनाउँदै अविजित रहे ।

मधेशका लागि रुपेश सिंहले सर्वाधिक २ विकेट लिए । रुपेश यादवले १ विकेट लिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेश ३१ ओभरमा १ सय २२ रनमा अल आउट भयो ।

मधेशका लागि रुपेश सिंहले २३ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३६ रन बनाए । ओपनर ब्याटर सन्तोष कार्कीलाई एपीएफका स्पिनर भुवन कार्कीले एलबीडब्लू धरापमा पारेका थिए ।

चौथो क्रमका ब्याटर अनिल शाह १३ रनमा कमल सिंह ऐरीको बलमा मौसम ढकालको बलमा क्याच भए । इमरान शेख १६ रनमा आउट भए । उनी ३० बल खेल्दै रन आउट भए ।

आदिल आलम ११ रनमा भुवन कार्कीको बलमा किशोर महतोको हातबाट क्याच भए ।

राजेश यादव १० रनमा मौसम ढकालको बलमा बोल्ड भए अन्तिम विकेटका लागि रुपेश र प्रदीप पासवानले २८ रनको साझेदारी गरे ।

अन्तिम विकेटका लागि प्रदीपलाई कमलसिंह ऐरीले बोल्ड आउट गरेका थिए । एपीएफका लागि कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । मौसम ढकाल र भुवन कार्कीले समान २÷२ विकेट र किशोर महतोले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?