+
+

सेयर बजारमा २३.५३ अंकको गिरावट, १७१ कम्पनीको सेयर मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १५:३०

२४ कात्तिक, काठमाडौं । लगातार चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २३.५३ अंक (१.२३ प्रतिशत) ले गिरावट हुँदा १९९३.७० अंकमा बन्द भएको छ ।

साताको पहिलो कारोबार दिन २ प्रतिशत भन्दा माथिको वृद्धि भएको नेप्से सोमबार र मंगलबार एकल अंकको सामान्य गिरावट भएको थियो । बुधबार २ प्रतिशतले गिरावट भएको थियो । बिहीबार पनि एक प्रतिशत माथिले गिरावट हुँदा नेप्से १४ कात्तिकपछि पुनः १८०० अंकको बिन्दुमा झरेको छ ।

नेप्सेसँगै सबै उपसूचका गिरावट हुँदा कारोबार रकम १ अर्बमा सीमित भएको छ । बिहीबार नेप्सेमा ३१ लाख १४ हजार ६८९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ११ करोड ९४ लाख ६१ हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १० करोड २२ लाख ३५ हजारको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ५८ लाख २६ हजार र युनाइटेड मोदी हाइड्रोपावरको ३ करोड ३४ लाख ६६ हजारको कारोबार भएको छ ।

बिहीबार बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार हुँदा १७१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १ कम्पनीको भने स्थिर छ । बिहीबार कारोबार भएकामध्ये मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ३.९२ प्रतिशतले वृद्धि हुँदा सिन्धु विकास बैंकको २.७७ प्रतिशत र हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य १.७८ प्रतिशतले वृद्धि भएको छ ।

यता अपर हेवाखोला जलविद्युत कम्पनीको सेयर मूल्य ६.९१ प्रतिशतले गिरावट हुँदा किसान लघुवित्त वित्तीय संस्थाको ५.७८ प्रतिशत र पञ्चकन्यामाइ हाइड्रोपावरको सेयर मूल्य ५.२५ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?