+
+

गरिमा विकास बैंकले १४.५ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १०:४२

२५ कात्तिक, काठमाडौं । गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ ।

२४ कात्तिक बिहीबार बसेको बैंक सञ्चालक समिति बैंठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १४.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकले प्रस्ताव गरेको लाभांशमध्ये १३ प्रतिशत बोनस सेयर हो भने कर प्रयोजनसहितका लागि १.५ प्रतिशत नगद लाभांश हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?