+
+

दक्षिणपूर्वी एशियाली देशसँग सम्बन्ध विस्तारमा अमेरिका

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २६ गते १७:३३

२६ कात्तिक, काठमाडौं । दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान)को शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो वाइडेन कम्बोडिया पुगेका छन् ।

आसियान क्षेत्रमा चिनियाँ प्रभाव विस्तार भइरहेको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले त्यसलाई सन्तुलनमा राख्न सदस्य देशसँग अमेरिकी प्रतिबद्धता जाहेर गर्ने छन् ।

अमेरिकी राष्ट्रपतिको शिखर सम्मेलनमा भाग लिनुको प्रमुख उद्देश्य आर्थिक एवम् सैन्य सामर्थ्यको  दृष्टिले शक्तिशाली प्रतिद्वन्द्वी चीनका राष्ट्रपति सी जिनपिङसँगको प्रत्यक्ष भेटवार्ताका निम्ति वातावरण बनाउनु रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले आफ्ना चिनियाँ समकक्षीलाई प्रत्यक्षरूपमा भेटेका छैनन् ।

कात्तिक २९ र ३० गते इण्डोनेशियाको बालीमा हुने विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टी शिखर सम्मेलनका क्रममा बाइडेन र राष्ट्रपति सी जिनपिङबीच भेट हुने छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले समुद्रमा चीनका अवैध एवम् अनियमित गतिविधि तथा समुद्रमा जहाज सञ्चालन गर्न पाउने स्वतन्त्रतालगायत विषयमा आसियान नेतासँग राष्ट्रपति वाइडेनले छलफल गर्ने बताएका छन् ।

दक्षिण चीन सागरको विवादका बारेमा बाइडेनले आसियान नेतासँग बेइजिङविरुद्ध अमेरिकी दृढता व्यक्त गर्ने सल्लाहकार सुलिभानले बताए ।

अन्तर्राष्ट्रिय कानुनअनुसार समुद्रमा र त्यसमाथिको आकाशमा जहाज सञ्चालन गर्न पाइन्छ तर चीनले त्यसलाई अस्वीकार गर्दै आएको छ । त्यसबाट अस्थिरता हुने चीनको बुझाइ छ र यसै विषयमा चीन र अमेरिकाबीच विवाद छ । आसियान र अन्य देशका लागि प्रतिकूल हुने काम गर्न नहुने र यस क्षेत्रको स्थायित्वका निम्ति अमेरिकी भूमिका मुख्य हुने सल्लाहकार सुलिभानले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?