+
+

काठमाडौं–१ मा गोविन्द केसीको समर्थन पुकार बमलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १७:५९

२७ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले काठमाडौं–१ मा पुकार बमलाई समर्थन गरेका छन् ।

आइतबार एक भिडियो सन्देशमार्फत उनले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र सामाजिक न्यायको अभियानमा झण्डै १० वर्षदेखि सक्रिय रहेका कारण आफूले बमलाई सही उम्मेदवारका रुपमा लिएको बताएका छन् ।

‘यो अभियानमा उहाँ प्रत्यक्ष रुपमा नै सहभागी हुनुहुन्छ, त्यो सँगसँगै राष्ट्रिय मुद्दामा, सामाजिक, आर्थिक मुद्दामा उहाँहरुले जुन पार्टीको सरकारको हुँदा पनि जवाफदेही बनाउन सक्रिय हुनुभएको छ’ केसीले भनेका छन् ।

उम्मेदवार बमले राष्ट्रिय विपदमा परेका बेला नेपाली समाज र पीडित वर्गलाई ठूलो सहयोग गरेको र आफ्नो स्वास्थ्यको समेत परवाह नगरेर स्वच्छ, सभ्य लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न कोशिस गरेको केसीले बताएका छन् ।

‘उहाँहरुले राजनीतिको भ्रष्टीकरण र अपराधीकरणविरुद्ध आवाज उठाउनुभएको छ । अहिले पनि लागिरहनुभएको छ’ उनले भिडियो सन्देशमा भनेका छन्, ‘उहाँहरु जनप्रतिनिधिका रुपमा प्रतिनिधिसभामा पुगेर सेवा गर्ने इच्छा राख्नुभएको छ । उहाँहरुलाई सेवा गर्ने कम्तीमा एकचोटी भए पनि मौका दिऔं ।’

विवेकशील नेपाली दलको सह संस्थापक बम हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं १ को उम्मेदवार छन् । यो क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, सुशासन पार्टीका रमेश खरेललगायत उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?