+
+

सिटी एक्सप्रेसको पर्व लक्षित योजना : जीवन रायमाझीले जिते ५ तोला सुन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १२:४७

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनामा जीवन रायमाझीले ५ तोला सुन जित्न सफल भएका छन् ।

विद्युतीय प्रणालीमार्फत विजेता छनौट गर्दा साउदी अरबबाट रेमिटान्स पठाउने रायमाझीले ५ तोला सुन जित्न सफल भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘५ तोला सुन’ जितेका हुन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत १५ भदौमा चाडपर्व लक्षित ६३ दिने योजना सञ्चालन गरेको थियो । योजनामा लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाग्यशाली मेगा बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने समावेश थियो । जसअन्तर्गत १००८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर), ९ जनाले साप्ताहिक उपहार (१०/१० तोला चाँदी ) र २ जनाले मासिक उपहार (१/१ तोला सुन ) जित्न सफल भएको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?