
२९ कात्तिक, भक्तपुर । भक्तपुर सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक सख्त घाइते भएका छन् ।
बागमती प्रदेश ०२-०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किंदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका-१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
मोटरसाइकलमा सवार झापा घर भई हाल मध्यपुरथिमि-३ बस्ने २३ वर्षीय अमनल साहको इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । प्रहरीले दुर्घटना भएका दुवै सवारीसाधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने २८ वर्षीय प्रवीण सुवारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4