+
+

आमिर खानले अभिनयबाट विश्राम लिने, भन्छन्- आमा र बच्चाहरुसँग बस्न चाहन्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १३:०५

काठमाडौं । बलिउड अभिनेता आमिर खानले केही समयअघि स्पेनी फिल्म ‘च्याम्पियन’को रिमेक बनाउने खबर चर्चामा थियो । यो फिल्ममा उनले अभिनय पनि गर्ने कुरा थियो ।

तर आमिर प्रोजेक्टबाट पछि हटेका छन् । आमिर स्वयंले यो स्पेनी फिल्मको रिमेकमा आफूले अभिनय नगर्ने बताएका छन् । आफूले अभिनयबाट विश्राम लिन चाहेको भन्दै आमिरले परिवार र बच्चासँग समय बिताउन चाहेको बताएका छन् ।

आमिरको पछिल्लो फिल्म ‘लाल सिंह चड्ढा’ थियो, जुन बक्स अफिसमा असफल रह्यो । चार वर्षपछि आमिर यही फिल्ममार्फत कमब्याक भएका थिए । ट्रेलर रिलिज भएलगत्तै फिल्म बहिष्कारको ट्रेण्ड सामाजिक सञ्जालमा सुरु भएको थियो । बहिष्कारको यो आगोमा लाल सिंह चड्ढा असफल बन्यो । फिल्मले लगानी पनि उठाउन सकेन ।

आमिरले भने, ‘जब म अभिनय गर्छु, फिल्ममा यति मग्न हुन्छु कि मेरो जीवनमा अरु केही हुँदैन । लाल सिंह चड्ढापछि म च्याम्पियन्सको रिमेक गर्न चाहन्थें । यो एक गज्जबको स्क्रिप्ट हो । यो सुन्दर कथा हो । यो मन छुने फिल्म हो । तर मलाई लाग्छ, म ब्रेक लिन चाहन्छु । म मेरो परिवारसँग बस्न चाहन्छु । म मेरी आमा र मेरो बच्चाहरुसँग हुन चाहन्छु ।’

आमिर अगाडि भन्छन्, ‘मलाई लाग्छ म ३५ वर्षदेखि काम गरिरहेको छु । मैले आफ्नो काममा मात्र ध्यान दिएको छु । म यो समयलाई फरक तरिकाले जीवन अनुभवका लागि निकाल्ने योजना गर्छु । म जीवनको एक चरणमा छु जहाँ म मेरो सम्बन्धको आनन्द लिन चाहन्छु ।’

आमिर खानभन्दा पहिला शाहरुख खानले पनि सन् २०१८ मा ‘जिरो’ फ्लप भएपछि अभिनयबाट ब्रेक लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?