+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

असोजमा मूल्यवृद्धिदर ८.५ प्रतिशत, कुन समूहमा कति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३० गते १४:४७

२७ असार, काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा समग्र उपभोक्ता मूल्यवृद्धिमा अघिल्लो महिनाको तुलनामा केही सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको तथ्याङ्कअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत छ । भदौमा समग्र उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत थियो ।

भदौ महिनाको तुलनामा खाद्य तथा पेय पदार्थ र गैरखाद्य तथा सेवा दुवै क्षेत्रको मुद्रास्फीतिमा सुधार देखिएको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ । भदौमा मुद्रासस्फीति खाद्य तथा पेय पदार्थमा ८.१७ र गैर खाद्य तथा सवा क्षेत्रमा ९.०२ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदार्थको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ ।

यस्तै गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मुद्रास्फीति २१.१५ प्रतिशत, स्वास्थ्यको १०.५४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ९.४५ प्रतिशत र शिक्षाको ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुह?को ७.६८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

असोजमा काठमाडौं उपत्यकामा महँगी ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत रहेको छ । गत वर्षको समीक्षा अवधिमा यी क्षेत्रहरुमा समग्र महँगी काठमाडौं उपत्यकामा ३.४८ प्रतिशत, तराईमा ४.०१ प्रतिशत, पहाडमा ५.६८ प्रतिशत र हिमालमा ३.१२ प्रतिशत मुद्रास्फीति रहेको थियो । असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति भने १३.७३ प्रतिशत रहेको केन्द्रिय बैंकले जनाएको छ । गत वर्ष असोजमा यस्तो मुद्रास्फीति ३.८३ प्रतिशत रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?