+
+

पाकिस्तानमाथि १४ वर्षपछि पाएको जित (तस्वीरहरु)

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ कात्तिक ३० गते २०:५७

३० कात्तिक, काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमले पाकिस्तान विरुद्ध १४ वर्षपछि जित निकालेको छ । अन्जन विष्टको एक मात्र गोलमा नेपालले बुधबार दशरथ रंगशालमा पाकिस्तानलाई १-० ले हरायो ।

एक दशक यता दशरथ रंगशालमा नेपाल र पाकिस्तानबीच भएको यो चौथो खेल हो र त्यसमा नेपाल विजयी भएको यो पहिलो पटक हो । करिब ७ हजार दर्शकअघि नेपाललाई जित दिलाउन अन्जन विष्टले ८२औं मिनेटमा गोल गरे ।

यसअघि सन् २०१३ मा भएको साफ च्याम्पियनसिपमा नेपाल र पाकिस्तानले दशरथ रंगशालमा १-१ को बराबरी खेलेका थिए भने त्यसअघि भएको दुई मैत्रीपूर्ण खेलमा नेपाल पकिस्तानसँग घरेलु मैदानमै पराजित भएको थियो । यस्तै नेपालले सन् २००८ पछि पहिलो पटक पाकिस्तानलाई पराजित गरेको हो ।

२००८ मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई ४-१ ले पराजित गरेको थियो । त्यसयता नेपाल र पाकिस्तानबीच पाँच खेल हुँदा दुई बराबरी भएको थियो भने तीन खेलमा नेपाल पराजित भएको थियो । पछिल्लो पटक २०१८ मा ढाका भएको साप च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग २-१ ले पराजित भएको थियो ।

१४ वर्षपछि नेपालले पाकिस्तानमाथि जित हात पार्दा गोल गरेका अन्जनले नेपालका लागि गोल संख्या ११ पुर्‍याएका छन् । सन् २०१९ मा चाइनिज ताइपेई विरुद्ध नेपालका लागि पहिलो गोल गरेका अन्जनले पछिल्लो समय नेपालका लागि नियमित जसो गोल गर्दै आएका छन् । उनले गत असोजमा दशरथ रंगशालमा बंगलादेशमाथि ३-१ को जितमा ह्याट्रिक गरेका थिए ।

यस्तै पाकिस्तान विरुद्ध जित निकाल्दै नेपालले दशरथ रंगशालमा ५०औं खेलको कोशेढुंगा पनि पूरा गरेको छ । नेपालले सन् १९८४ को साउथ एसियन गेम्समा माल्दिभ्स विरुद्ध दशरथ रंगशालमा पहिलो औपचारिक खेल खेलेको थियो ।

यसै खेलबाट प्रवेश कटुवालले प्रशिक्षकको रुपमा, रोहित चन्दले कप्तानको रुपमा र आवास लामिछानेले सिनियर टिममा नेपालका लागि डेब्यु गरे ।

प्रवेश कटुवालले खेलाडी हुँदा नेपालको जर्सी लगाउन नपाएपछि प्रशिक्षकको रुपमा नेपाललाई जित दिलाए । आफ्नो प्रशिक्षक डेब्युमै नेपाललाई जित दिलाउँदा कटुवाल खुशीसँगै भावुक समेत बनेका थिए । ‘लामो समयदेखि पाकिस्तानलाई हराउन सकेको थिएन । १४ वर्षपछि पहिलो जित हो । मेरो लागि पहिलो अवसर थियो । एकदमै खुशी छु ।’ उनले राष्ट्रिय टिमको प्रशिक्षक हुनुलाई ठूलो उपलब्धी ठानेको पनि बताए । ‘मैले क्षमता हुँदाहुँदै पनि नेशनल टिममा खेल्न पाइन,’ उनले भने, ‘अहिले कोचमा पाएको छु । भावनात्मक फिलिङ त पक्कै भइहाल्छ ।’

यस्तै नेपालका लागि खेलको ७६औं खेलमा रोहितले पहिलो पटक कप्तानी गरेका हुन् ।

गोलकर्ता अन्जनल सबैको साथ र सहयोगले यो सम्भव भएको बताए । ‘यो अन्त्य होइन । अझै धेरै गर्न बाँकी छ । यसका लागि सहयोग गर्ने टिममेट, कोचिङ स्टाफ, फिजियफ समर्थक सबैलाई धन्यवाद ।’

नेपालका लागि कीर्तिमानी १३ गोल बराबरी गर्नबाट दुई गोल टाढा रहेका अन्जनले भने । हरि खड्का र निराजन रायमाझीले नेपालका लागि सर्वाधिक १३ गोल गरेका छन् ।

अन्जनले आफूले कहिलेपनि कीर्तिमान तवड्ने लक्ष्य राखेर नखेलेको र सधैँ टिम र जितका लागि खेल्ने बताए । मेत्रीपूर्ण खेल भएपछि हरेक खेलमा भावना जोडिएको हुने र जुन अवस्थामा गोल भयो त्यसलाई लिएर जर्सी खोलेर सेलेब्रेसन गरेको उनले बताए ।

 तस्वीरहरु :  विकास श्रेष्ठ

 

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?