+
+

बागमती नदी किनारका सुकुम्बासी आन्दोलित (फोटोफिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ मंसिर १ गते १५:३४

१ मंसिर, काठमाडौं । बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्तीका बासिन्दा आन्दोलित भएका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने सूचना जारी गरेपछि उक्त क्षेत्रका बासिन्दा आन्दोलनमा उत्रेका हुन् ।

समितिले सूचना जारी गर्दै नदी किनारामा अनाधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समय दिएको छ ।

तोकिएको समयसम्म बस्ती खाली नगरिए काठमाडौं महानगरपालिका, अन्य सरोकारवाला निकायहरुसँगको सहयोगले लिएर भत्काउने चेतावनी समितिले दिएको छ ।

सूचना अनुसार अनाधिकृत संरचना खाली गराउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने चेतावनी समितिले दिएको छ ।

सुकुम्बासी बस्तीका बासिन्दाहरुले बिहीबार बिहान माइतीघरमा जम्मा भएर बानेश्वरसम्म विरोध र्‍याली निकालेका हुन् । उनीहरुले उक्त विरोध र्‍यालीलाई ‘खबरदारी र्‍याली सभा’को नाम दिएका थिए ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?