+
+

संखुवासभा प्रदेशसभामा पूर्वसहकर्मीबीचकै प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १९:५०

१ मंसिर, काठमाडौं । संखुवासभा प्रदेश सभा २ मा पूर्वसहकर्मीबीच नै प्रतिस्पर्धा देखिएको छ ।

यो क्षेत्रमा ९ जना उम्मेदवार चुनावी मैदानमा रहे पनि नेकपा एमालेका विदुरकुमार लिङ्थेप र नेकपा एकीकृत समाजवादीकी सरिता थापा खड्काबीच प्रतिस्पर्धा देखिएको हो ।

२०७४ को निर्वाचनमा एमालेबाट प्रदेश सभामा समानुपातिक सांसद रहेकी खड्का सामाजिक विकास समिति सभापति समेत भएकी थिइन् ।

एमालेका लिङ्थेप भने २०७४ को चुनावमा मादी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

लामो समय नेकपा एमालेमा सँगै काम गरेका खड्का र लिङ्थेप दुवै जितको दाबी गर्छन् ।

एमालेका लिङ्थेप यसअघि पनि धेरै पटक एमालेले जितकाले चुनाव जित्नेमा विश्वस्त छन् ।

खड्का पनि फुटका कारण एमाले कमजोर रहेको र कांग्रेस, माओवादीको साथ पाएकाले चुनाव जित्ने योजनामा छिन् ।

गत स्थानीय तहको निर्वाचनको अंक गणितमा दलगत रुपमा एमाले अघि छ । एमाले वडा अध्यक्षको मत १८ हजार ६९ भने गठबन्धनका सबै दलको मत जोड्दा भने १८ हजार ५६५ हुन्छ ।

२०७४ को निर्वाचनमा एमालेका तुलसीप्रसाद न्यौपाने १७ हजार ५१४ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका दीपक लिम्बुले १६ हजार १४० मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?