+
+

नेपाल लाइफले गर्‍यो ५४ अर्ब ७६ करोडको दाबी भुक्तानी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २ गते १७:२०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दाबी भुक्तानी ५४ अर्ब ७६ करोड पुगेको छ ।कम्पनीले २०७९ असोज मसान्तसम्म कुल ५ अर्ब ३ करोड मृत्यु दाबी तथा १५ अर्ब २६ करोड अवधि समाप्ति दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले १८ अर्ब ५३ करोड आंशिक अवधि भुक्तानी गरेको जनाएको छ । बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दाबी, घातक रोग बापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधा अन्तर्गत १५ अर्ब ९४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

बीमित र बीमक बीचको करार बमोजिम जोखिमको क्षति पश्चात वा अवधि समाप्ति पश्चातको रकम यथा समयमा भुक्तानी गर्न नेपाल लाइफ सदैव तत्पर रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउँछन् ।

मृत्यु दाबी तथा अन्य क्षतिको दाबी बीमा अवधि भित्र जुन सुकै समयमा घटित घटना पश्चात भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?