+
+

दाङको तुलसीपुरमा शंकास्पद वस्तु भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १०:२०

४ मंसिर, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिक–७ श्रीगैंस्थित सल्यान रोडमा बम जस्तो शंकास्पद वस्तु भेटिएको हो । बालुवाको बोरामा ‘खतरा’ लेखेर शंकास्पद वस्तु देखिएको छ । साथै तारहरु पनि देखिएको छ ।

उक्त वस्तुलाई अहिले नेपाली सेनाको टोलीले डिस्पोज गर्न लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिए ।

यो ठाउँ तुलसीपुर बजारदेखि करिब २ किलोमिटर उत्तरतर्फ पर्छ । स्थानीयले विहान ७ बजेदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आइतबार बिहान पनि घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका-१८ विजौरी र हेमन्तपुरको सिमाना नजिकै बम भेटिएको थियो ।

उक्त बम नेपाली सेनाको टोलीले विहान साढे ९ बज डिस्पोज गरेको थियो । शनिबार पनि दाङमा दुई ठाउँमा बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?