+
+

मतदानपछि भुवन केसीले भने- अर्को चुनावमा उम्मेदवार बन्ने मौका पाए पछि हट्दिनँ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १३:३४

काठमाडौं । अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भविष्यमा कुनै दलले उम्मेदवार बन्ने मौका दिए पछि नहट्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ स्थित गुह्येश्वरी मावि केन्द्रमा मतदान गरेपछि केसीले आफ्नो रुचि राजनीतिमै भएकाले अर्को चुनावमा मौका पाए उम्मेदवार बन्ने बताएका हुन् ।

अहिलेको चुनावले परिवर्तनको संकेत गरेको भन्दै उनले नेपाली कला, संस्कृति र फिल्मको प्रवद्र्धनका लागि कलाकार उम्मेदवार विजयी हुनुपर्ने धारणा राखे । उनले चुनावमा उम्मेदवार बनेका कलाकारलाई जितको शुभकामना समेत दिए ।

तस्वीर : कमल प्रसाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?