+
+

वीरगञ्ज कारागारका ३६ कैदीबन्दीले गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १६:४७

४ मंसिर, वीरगञ्ज । वीरगञ्ज कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा ३६ जना कैदीबन्दीले मतदान गरेका छन् । मतदान गर्ने सबै पुरुष मतदाता रहेको मतदान अधिकृत सुमित कुमार सिंंहले जानकारी दिए ।

३७ जना कैदीबन्दीले अस्थायी मतदाता नामावलीमा नाम लेखाएका थिए । तीमध्ये एक जना कैद भुक्तान गरेर छुटेकाले मतदान नगरेको वीरगञ्ज कारागारका प्रमुख मदन घिमिरेले जानकारी दिए । कारागारमा १ जना नाबालक, ६८ जना महिलासहित १४ सय ६६ जना कैदीबन्दी छन् ।

जिल्ला हुलाक कार्यालय पर्सास्थित अस्थायी मतदान केन्द्र भने सुनसान छ । यहाँ अस्थायी मतदाता नामावलीमा नाम दर्ता गराएका निजामती कर्मचारी, म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीहरुले मतदान गर्नेछन् ।

८६३ अस्थायी मतदाताले नाम दर्ता गराएकोमा ३४ जनाले मात्रै मतदान गरेको मतदान अधिकृत रजनी कुमारीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?