+
+

प्यूठानमा ५५ प्रतिशत मत खस्यो, सोमबारदेखि मतगणना

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते २०:४५

४ मंसिर, प्यूठान । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्यूठानमा ५५ प्रतिशत मत खसेको छ ।

जिल्लाका २ सय २३ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो । मतदानका लागि तोकिएको साँझ ५ बजेसम्मको अवधिमा सबै मतदान केन्द्रहरूमा मतदान सकिएको छ ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा ५५.११ प्रतिशत मत खसेको प्यूठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्।

यहाँ कुल १ लाख ५९ हजार ७६० मतदाता रहेकोमा ३७ हजार ९ सय ६१ पुरुष र ५० हजार ८६ महिला गरि जम्मा ८८ हजार ४७ जनाले मतदान गरेको प्रजिअ नेपालले बताइन्।

उनले भनिन, ‘हामीले मतदानको प्रक्रिया टुंग्याएर मतपेटिका संकलनको काम थालेका छौँ ।’ उनका अनुसार मतदान केन्द्रहरूबाट मत पेटिका संकलन गरेर मतगणनास्थलमा ल्याउने क्रम सुरु भएको छ ।

रातीसम्म सबै मतदान केन्द्रबाट मतपेटिका आइपुग्ने बताउदै भोलि सोमबार बिहानबाट मतगणना सुरु गर्ने तयारी गरिएको प्रजिअ नेपालले जानकारी गराइन् ।

जिल्ला समनव्य समितीको कार्यालय खलंगामा मतगणना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?