+
+

लुकाकुले विश्वकपका दुई खेल गुमाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १४:११

५ मंसिर, काठमाडौं । बेल्जियमका स्टार फरवार्ड रोमेलु लुकाकुले कतारमा भइरहेको फिफा विश्वकपमा सुरुको दुई खेल गुमाउने भएका छन् । समाचार संस्था एएफपीका अनुसार लुकाकुले समूह एफमा क्यानडा र मोरोक्को विरुद्ध खेल गुमाउनेछन् ।

ह्याम्स्ट्रिङ चोटबाट रिकभर हुन प्रयासरत लुकाकुले बेल्जियमको पहिलो ट्रेनिङ सेसनमा सहभागिता जनाएनन्  । बेल्जियमका लागि सर्वाधिक गोलकर्ता रहेका लुकाकुले १०२ खेलमा ६८ गोल गरेका छन् ।

पूर्ण रुपमा फिट नभए पनि प्रशिक्षक रोबर्टो मार्टिनेजले लुकाकुलाई विश्वकप खेल्ने टिममा समावेश गरेका थिए । २९ वर्षीय लुकाकुका लागि पछिल्लो १८ महिना कठिन समय रह्यो । प्रिमियर लिग क्लब चेल्सीमा राम्रो प्रदर्शन नभएपछि उनी लोनमा इन्टर मिलान फर्केका थिए ।

अगस्टमा पहिलो पटक चोट लागेयता उनले इन्टरका लागि जम्मा दुई खेल खेलेका छन् । गत महिना च्याम्पियन्स लिगमा भिक्टोरिया प्लेजन विरुद्धको खेलबाट लुकाकुले पुनरागमन प्रयास गरेका थिए । तर केही दिनपछि उनी फेरि घाइते भए ।

बेल्जियमले बुधबार क्याडनाविरुद्ध खेल्दै विश्वकप सुरुवात गर्नेछ  । २०१८ को विश्वकपको उपविजेता क्रोएसियासँग खेल्नुअघि बेल्जियमले मोरक्कोसँग खेल्नेछ ।

लुकाकुको स्थानमा कसले खेल्ने भन्ने मार्टिनेजले निर्णय लिनुपर्नेछ । विश्वकपअघि इजिप्ट विरुद्धको खेलमा २-१ ले पराजित हुँदा मिची बात्सुईले पहिलो रोजाइमा खेलेका थिए । बात्सुईलाई पछि लोइस ओपेन्डाले रिप्लेस गरेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?