+
+

विश्वकप फुटबल : इरानमाथि इंग्ल्याण्डको शानदार जित, साकाको दुई गोल

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते २१:०७

५ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकपको पहिलो खेलमा इंग्ल्याण्डले इरानलाई ६-२ ले पराजित गरेको छ ।

खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा सोमबार भएको खेलमा बुकाया साकाको दुई गोल मद्दतमा इंग्ल्याण्डले पहिलो खेलमा शानदार जितसहित समूह बी मा ३ अंक जोडेको छ ।

इंग्ल्याण्डलाई जिताउन साकाले ६३औं र ६२औं मिनेटमा गोल गरे । त्यसअघि जुड बेलिङघहमले ३५औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा रहिम स्टरलिङले गोल गरे ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्कुस रासफोर्ड र ज्याक ग्रेलिसले दोस्रो हाफमा गोल थपे । रासफोर्डले ७१औं र ग्रेलिसले ९०औं मिनेटमा गोल गरे ।

कप्तान ह्यारी केनले दुई गोलका लागि सहयोग गरे । सन् २००६ को विश्वकपमा डेविड बेकहमले ट्रिडिनाड एण्ड टोबागो विरुद्ध दुई गोलको लागि असिस्ट गरेका थिए ।

इरानका लागि मेहदी तारेमीले दुई गोल गरे । तारेमीले ६५औं मिनेटमा पहिलो गोल गरेका थिए भने खेलको इन्जुरी टाइममा प्राप्त पेनाल्टीमा दोस्रो गोल गरे ।

खेलको १० मिनेटमै इरानका गोलकिपर एलिरेजा बेइरानभान्ड आफ्नै खेलाडीसँग ठोक्किएपछि घाइते हुँदै मैदान बाहिरिएका थिए ।

पहिलो खेलमै शानदार जितपछि इंग्ल्याण्डले कतार विश्वकपको लागि आफ्नो दाबेदारी समेत पेश गरेको छ । इंग्ल्याण्डले दोस्रो खेल अमेरिका र तेस्रो खेल वेल्ससँग खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?