+
+

जुम्ला (१) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १४:००

६ मंसिर, जुम्ला । जुम्ला प्रदेश सभा निर्वाचनमा गठवन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् ।

म्ुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १० हजार ६१२ मत गणना हुँदा देवेन्द्रबहादुर शाहीले ४ हजार ४१ मत ल्याएर अग्रस्थानमा छन् । सत्ता गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीले द्ुई हजार ९९९ मत ल्याएका छन् ।

त्यस्तै नेकपा एमालेका धिरेन्द्र राज गिरीले दुई हजार पाँच सय ९३ मत ल्याएका छन् । यसैगरी नेमकिपाका राजेश्वर देवकोटाले २९६ मत ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?