+
+

कैलाली-३ बाट विजयी गंगाराम भन्छन् : मतदाताको चाहना बुझेर काम गर्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १४:२३

४ मंसिर, कैलाली । कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले मतदाताको धारणा बुझेर आगामी योजना अघि बढाउने बताएका छन् । मतदाताको धारणा बुझ्न प्रत्येक घरमा पुग्ने उनले बताए ।

विजयी भएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले भने, ‘म तपाईंहरुको घरदैलोमा आउँदैछु, प्रत्येक घरमा । तपाईंहरुको योजना के छ, वस्तुस्थितिबारे बुझ्ने छु । त्यही योजना अनुसार काम अगाडि बढाउने छु ।’ मतदाताकै चाहना अनुसारको काम गर्ने उनको भनाइ थियो ।

उनी २३ हजार १२० मतसहित विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले १७ हजार ७४९ र नेकपा एमालेका उम्मेदवार गौरी शंकर चौधरीले ९८७४ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?