+
+

स्याङ्जाको वालिङमा आगलागी, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १४:४५

६ मंसिर, स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १ खहरेस्थित स्थानीय मीनबहादुर हिताङको घरमा मंगलबार बिहान विद्युत सर्ट भई आगलागी भएको छ । आगलागीमा लाखौ रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीमा परि तीन जना घाइते भएका छन् । घाइते हुनेमा २८ वर्षीया सुनिता हिताङ, उनकै छोरीद्वय ७ वर्षीया आशिमा हिताङ र १८ महिनाकी छोरी यमरोजिया हिताङ छन् ।

घाइते तीनै जनाको वालिङस्थित गहै घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

आगलागी हुँदा नगद, लत्ताकपडा, फर्निचर, सुनका गहना लगायतको सामान जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार आगलागीमा करिब २० लाख बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

वालिङको वडा प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?