+
+

स्याङ्जा-२ मा मतगणनाको माग गर्दै कांग्रेसका धनराज गुरुङ धर्नामा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १९:०८

६ मंसिर, स्याङ्जा । स्याङ्जा क्षेत्र नं. २ मा मतगणना गर्न माग गर्दै नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ धर्नामा बसेका छन् ।

नेकपा एमालेले केही मतदान केन्द्रमा धाँधली भएको भन्दै पुन: मतदानको माग गर्दै मतगणना गर्न दिएको छैन । तर कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङ मतगणना सुरु गर्न माग गर्दै मंगलबार निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्ना बसेका हुन् ।

मतगणना तत्काल सुरु नगरे आन्दोलनका थप कार्यक्रम गरिने स्याङ्जा कांग्रेसले जनाएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले सबै समस्या निर्वाचन अयोगलाई जानकारी गराएको भन्दै अब आयोगको निर्णय अनुसार अघि बढ्ने बताए ।

स्याङ्जा क्षेत्र नं. २ का विभिन्न स्थानका मतदान केन्द्र कब्जा भएको निर्वाचन आयोगमा निवेदन परेको छ । आयोगले आवश्यक निर्णय दिइसकेपछि मात्रै अन्य प्रक्रिया अगाडि बढने प्रजिअ क्षेत्रीले बताए ।

स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. २ मा एमालेकी सचिव पद्‍मा अर्याल र कांग्रेसबाट धनराज गुरुङ उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?