+
+

सुनसरी ३ मा एमालेकी चौधरीलाई अग्रता, कांग्रेसका गच्छदार तेस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १९:४६

६ मंसिर,  सुनसरी । सुनसरीका ४ वटै निर्वाचन क्षेत्रमा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार  सुनसरीका दुई क्षेत्रमा नेकपा एमाले तथा एक/एक क्षेत्रमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् ।

क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका मुक्साहाङ्ग सुब्बाले १८९८ मतका साथ अग्रता लिएका छन् भने उनलाई जनता समाज पार्टी (जसापा) का अशोककुमार राईले १५६८ मत ल्याएर पछ्याइरहेका छन् । रास्वपाकी गोमा तामाङ तेस्रो स्थानमा छिन् । उनले १५०० मत ल्याएकी छन् ।

क्षेत्र नम्बर २ मा रास्वपाका लालबिक्रम थापाले अग्रता लिएका छन् । उनले नेकपा एमालेका भीम आचार्यलाई पछि पारेका छन् । थापाले २६५२ मत ल्याउँदा आचार्यले १७४४ मत ल्याएका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसका सिताराम मेहताले १३३३ मत ल्याएका छन् ।

क्षेत्र नम्बर ३ र ४ मा एमालेले अग्रता लिएको छ । क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले रास्वपाका कमलबाबु मैनालीलाई पछि पारेकी छन् । चौधरीले १६४६ मत ल्याउँदा मैनालीले १२६६ मत ल्याएका छन् ।

कांग्रेसका विजयकुमार गच्छदार रास्वपाका मैनालीभन्दा पछाडि परेका छन् । उनले १०३२ मत ल्याएका छन् ।

क्षेत्र नम्बर ४ मा एमालेका जगदिशप्रसाद कुसियैत झिनो मतान्तरले अगाडि रहेका छन् ।  उनले नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई ५४ मतान्तरले पछि पारेका हुन् । कुसियैतले ३०८२ मत ल्याउँदा कार्कीले ३०२८ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?