+
+

काठमाडौं ७ रास्वपाका गणेश पराजुली विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते ६:०९

७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली विजयी भएका छन् । उनले नेकपा एमालेका श्यामकुमार घिमिरे र नेकपा माओवादी केन्द्रकी मानुषी यमी भट्टराईलाई पराजित गरे ।

काठमाडौं ७ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीले ८ हजार ७४३ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत पाए । माओवादी केन्द्रकी मानुषी यमी भट्टराई (अस्मिता सिंह) ले ६ हजार ६३ मत पाइन् ।

क्षेत्र नम्बर ७ को प्रदेश सभा ‘क’ मा एकीकृत समाजवादीका बसन्त मानन्धर ४ हजार १५३ मतसहित विजयी भएका छन् । यसैगरी प्रदेश सभा ‘ख’ मा नेकपा एमालेका उम्मेदवार प्रकाश श्रेष्ठ ५ हजार २१८ मतसहित विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?