+
+

सबैभन्दा बढी कर तिर्दा आईएमई सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १२:११

काठमाडौं । रेमिटेन्स कम्पनीमध्ये आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा आईएमई सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसका अवसरमा बुधबार आयोजित एक विशेष समारोहकाबीच आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् ।

सन् २००१ मा स्थापित आईएमईले नेपालको समग्र रेमिटेन्स क्षेत्रलाई संस्थागत तुल्याउन भूमिका निर्वाह गर्दै आइरहेको छ । आईएमईलाई विदेशी मुद्रा बैंकिङ सञ्जाल मार्फत नेपाल भित्र्याउने कार्यको थालनी गरेको मुख्य श्रेय जान्छ । यसैको सम्मान स्वरूप विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानहरूबाट आईएमई सम्मानित हुँदै आएको छ ।

आईपीओमा जाने तयारी गरिरहेको आईएमई सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा यसभन्दा अघि पनि पटक-पटक सम्मानित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?