+
+

नवलपरासी पूर्वबाट कांग्रेसका जिसी प्रदेशसभामा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १:१३

८ मंसिर, नवलपरासी पूर्व । नवलपरासी पूर्व- १ को प्रदेश सभा (१ ) बाट नेपाली कांग्रेसका महेन्द्रध्वज जिसी प्रदेशसभामा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रविन्द्र प्रसाद अधिकारीलाई १ हजार २३० मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

जिसीले १५ हजार १३७ मत र अधिकारीले १३ हजार ९०७ मत पाएका छन् । क्षेत्र नम्बर १ प्रदेश सभा २ मा अहिले एमालेका उम्मेदवार रोशन बहादुर गाहा र माओवादीका उम्मेदवार लोकप्रसाद भुर्तेलबीच प्रतिस्पर्धा जारी छ । बुधबार रातिसम्म एमाले उम्मेदवार गाहा १४ हजार ९६० मत सहित अगाडि छन् भने भुर्तेल १२ हजार ३२ मत सहित पछाडि छन् ।

यसैगरी नवलपरासी पूर्व २ का दुवै प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् । क्षेत्र नम्बर २ (१) र २ मा क्रमशः एमाले नेतृ पद्‍मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भए ।

प्रदेश सभा क्षेत्र नम्बर १ बाट पद्मा जिसी श्रेष्ठले १९ हजार ३ सय ७८ ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सौगम कुमार सिरपालीले १४ हजार ७ सय ४३ मत ल्याए । यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा कांग्रेस विजयी भएको थियो ।

त्यसैगरी प्रदेश २ मा एमालेका लक्ष्मण पाण्डे भारी मतान्तरले विजयी भए । उनले १८ हजार ८ सय ६ मत पाए भने उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपाल खनालले १४ हजार ७ सय ६१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?