+
+
Shares

हतियारको इजाजत नवीकरण गर्न जिप्रका काठमाडौंको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते १९:२६

२६ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंले इजाजत पत्र लिएका हातहतियारको नवीकरण गर्न निर्देशन जारी गरेको छ ।

बुधबार सूचना जारी गर्दै कार्यालयले हतियारसहित स्वयम् उपस्थित भएर नवीकरण गर्न निर्देशन दिएको हो ।

जिल्ला प्रशासनबाट हातहतियार राख्न इजाजत पत्र लिएका व्यक्ति, संस्थाहरूले प्रत्येक वर्षमा नवीकरण गर्नुुपर्ने व्यवस्था छ ।

कतिपय व्यक्ति, संस्थाले नवीकरण नगराएको कार्यालयले जनाएको छ ।

पाँच वर्षसम्म नवीकरण नभएका हतियार जफत हुने कानुनी व्यवस्था रहेको पनि जिप्रकाले उल्लेख गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?