+
+

कञ्चनपुर-३ बाट प्रदेश सभा सदस्यमा एकीकृत समाजवादीका रावल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ८:४१

८ मंसिर, महेन्द्रनगर। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा (१) मा नेकपा एकीकृत समाजवादीका प्रकाश रावल विजयी भएका छन् ।

रावल ८ हजार ७१८ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनी सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री पनि हुन् ।

रावलका प्रतिद्धन्द्धी राप्रपाका धर्मराज जोशीले ६ हजार ८५८ मत प्राप्त गरेका छन् । माओवादीका टिकेन्द्रप्रसाद भट्टले ४ हजार ६ सय ८६ मत पाएका छन् ।

राप्रपाका जोशीलाई एमाले र माओवादीका भट्टलाई नेपाली कांग्रेसको साथ थियो । तर रावल उनीहरु दुवैलाई हराउँदै विजयी भएका हुन् ।

२०७४ सालमा रावल नेकपा एमालेबाट निर्वाचित भएका थिए । एमाले विभाजनपछि भने उनी नेकपा एकीकृत समाजवादीमा लागेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?