+
+
Shares

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

जस अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८,तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते ९:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाढीमा बेपत्ता भएकामध्ये शनिबार बिहानसम्म ६१६ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
  • नेपाल प्रहरीका अनुसार शव रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिमबाट फेला परेका हुन्।
  • विभिन्न स्थानबाट अहिलेसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ।

१३ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये ६१६ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म बेपत्तामध्ये ६१६ जनाको शव फेला परेको छ ।

जस अनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८,तनहुँमा ३१, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ४७ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार विभिन्न स्थानबाट अहिलेसम्म २ हजार ३०१ जनाको उद्धार गरिएको छ । जसअनुसार रसुवाबाट ६७६,नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट ३ जनाको उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?